शीर्षकहरू

रूपन्देहीको रोहिणीमा सडक बनाउँदा चलखेल

रूपन्देहीको रोहिणीमा सडक बनाउँदा चलखेल

भैरहवा । रूपन्देहीको रोहिणीमा सडक बनाउँदा व्यापक भ्र्रष्टाचार भएको देखिएको छ । उक्त सडक निमार्णको काम गुणस्तरीय नहुँदा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ बैरिहवाका स्थानीय समस्यामा छन् । ३ सय ५० मिरट लम्बाई र ६ मिटर चौडाइ नाला सहितको सडकमा कमसल सामग्री प्रयोग गरि सकड निर्माण गरिएको छ । 

नाला निर्माण गर्ने क्रममा भष्कट सहितको बालुवा र दुई नम्बर इट्टा प्रयोग गरिएको छ । जडानका लागि १/४ को मसला बनाउनु पर्नेमा १÷८ को मसला प्रयोग भएको छ । गाउँपालिकाले १ करोड लगानीमा नाला निर्माणकोलागि सार्वजनिक सूचना जारी गर्यो । 

उक्त ठेक्काको सूचनामा लो बिडिंग गरेर ठेक्का हत्याउन ६४ लाखमा स्टीमेट अनुसारको काम गर्छु भनेर ठेक्का हाल्यो । सार्वजनिक खरिद नियमावलि अनुसार लो बिडींगलाई ठेक्का लगाउनुपर्ने हुदा साहनीलाई पालिकाले ठेक्का सम्झौता गर्यो । तर करिब २६ प्रतिशत लो बिडिङग गरेको उक्त साहनी निर्माणले यतिबेला कमसल निर्माण सामग्री राखेर निर्माणको काम गरिरहेको छ । 

गाउका जनता सोझा साझा , उनीहरुले राम्रै काम भएको होला भनेर विश्वास गरिरहेको बेला ठेकेदारले बद्मासी गरेको थाहा पाएपछि यतिबेला स्थानीयले नै उक्त कार्यको विरोध गरेका छन् । ठेकेदारले गरेको कामप्रति स्थानीय आक्रोशित छन् ।  आक्रोसित स्थानीयले गाउँ पालिकाले अनुगमन नगर्दा कमसल सामग्री प्रयोग गरेको बताउँछन् । अहिले स्थानीय सरकार छ, गाउँमा सिंहदरबार छ तर दरबार भित्रबाट अनुगमनका लागि कुनै दिन नआउँदा ठेकेदारले मनमरी गर्ने गरेका हुन् ।

 वडा नं. २ का अध्यक्ष करम हुसेन खानले आफ्नै वडामा भएको कामको अनुगमन गर्न समेत नआएको एक स्थानीयले बताए । स्थानीय जनप्रतिनिधी भएर गाउँ टोल समाजमा पाइला नटेक्दा सडक निर्माणको कार्र्य बाँङ्गो टिङ्गो भएको र गुणस्तरहिन काम भएको स्थानीयले बताए ।

सडक निर्माण गर्दा वडा अध्यक्ष, ठेकेदार र गाउँपालिकाको मिलोमतो भएको हुनाले कमसल सामग्री प्रयोग हुँदा समेत अनुगमन हुन सकेको स्थानीय दुर्गेश चौधरीले बताए । सडक निर्माणमा सरोकारवाला निकाय मौन बस्दा कमसल खालको सामग्री प्रयोग हुने गरेका छन् । रोहिणी गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्ष करम हुसेन खानले ३ लाखको पाइप अनुदानमा समेत अनियमिता गरेको स्थानीय स्रोतले बताएको छ । उनले २ लाखमा ८० ओटा कम्बर वितरण गर्दा र १८ ओटा सुइटर ५० हजारमा वितरण गर्दा पनि अनियमिता गरेको आरोप छ । त्यतिमात्रै होइन खानले ५ लाख रुपैँयामा ३६ टाली भष्कट गिराएको र अन्य काम कागजमा मात्रै मिलाएर रकम निकासी गरेको स्रोतको दावी छ ।

 स्थानीयले विरोध गर्दा गर्दै पनि खानले यस्ता काम गर्न छोडेका छैनन् । बजारमा २ हजार देखि २२ सय सम्ममा एक टाली भष्कट किन्न सकिन्छ । वडा अध्यक्षले ३६ टाली भष्कट खसालेर ५ लाख रुपैयाँ निकासी गरेको स्थानीयको आरोप छ । वडा अध्यक्ष हुसेनले भने ७६ टाली भष्कट झारेको बताउँछन् । 

वडा अध्यक्षले वडा बासीका लागि भन्दा पनि पूर्वाग्रही भएर काम गर्ने गरेको र वडामा सूचना माग्न जाँदा सूचना नदिएको स्थानीयको गुनासो छ । वडा अध्यक्ष खानले सडक निर्माण गर्दा अनुगमन नगरेको स्विकार गर्दै कामलाई सुधार गरेर लैजाने बताउँछन् । गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले निर्माणाधिन कामको अनुगमन गर्ने र कमसल काम गर्ने ठेकेदारलाई कारवाही गर्ने र कालोसूचीमा ठेकेदारलाई राख्ने बताउँछन् ।