काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले चैत ३ गते ४६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।
सञ्चालक रत्ना सराफ र स्वतन्त्र सञ्चालक सागर गौतमको पदावधि समाप्त भई रित्त रहेको पदमा निर्वाचन गरी सञ्चालक नियुक्तीको विषय पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि फागुन १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले फागुन ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।