शीर्षकहरू

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् छिमेक लघुवित्तको २५.२६ प्रतिशत लाभांश ?

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् छिमेक लघुवित्तको २५.२६ प्रतिशत लाभांश ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन ४ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सामना प्रालि मकवानपुर, हेटौडामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्ब ३२ करोड ४१ लाखको आधारमा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

उल्लेखित प्रस्तावहरूसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साथै अधिकृत पूँजी रू. २ अर्ब ५० करोडबाट बृद्धि गरी रू. ३ अर्ब ७५ करोड पुयाउने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।