aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

जुवातास खेलिरहेका १५ जना प्रहरीको नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० फागुन २०७९
Global IME
जुवातास खेलिरहेका १५ जना प्रहरीको नियन्त्रणमा
DHI
nmb

झापा । जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–५ गुम्बा चोकस्थित सोही नगरपालिका–२ बस्ने ५० वर्षीय सुरेश मगरको हरियाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सुरेश मगरसमेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ४ सय ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, झापाको दमक नगरपालिका–५ स्थित सुदेश बस्नेतको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा सुदेश बस्नेत समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ७० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस