शीर्षकहरू

सामुदायिक लघुवित्तद्धारा २१.०५३ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

सामुदायिक लघुवित्तद्धारा २१.०५३ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

फागुन ९ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १३ करोड २० लाखको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश दिने तयारी गरेको हो । यस अघि कम्पनीले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाछ ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।