aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमै खर्चिए करिब साढे ६ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ फागुन २०७९
himalayanlife
बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमै खर्चिए करिब साढे ६ अर्ब
DHI
NIBL

काठमाडौं । बीमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ६ अर्ब रुपैयाँ भन्दाबढि खर्च गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । 

उक्त वित्तीय विवरण अनुसार पुस मसान्तसम्म कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ६ अर्ब ४७ करोड ९७ लाख ७५ हजार रुपैयाँ बराबरको रकम खर्च गरेका हुन् । सो रकम जीवन र निर्जीवन बीमा कम्पनीहरुले गरेको अभिकर्ता कमिशन वापत गरेको खर्च हो । 

यस अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ६ अर्ब २० करोड २९ लाख ४५ हजार रुपैयाँ गरेका छन् । त्यस्तै, निजीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म अभिकर्ता कमिशनका लागि २७ करोड ६८ लाख ३० हजार रुपैयाँ खर्च गरेका छन् । 

जीवन बीमा कम्पनीतर्फ 
हाल १८ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये अभिकर्ता कमिशनका लागि सर्वाधिक खर्च गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले चालु आवको पुस मसान्ससम्म अभिकर्ता कमिशनका लागि एक अर्ब ५३ करोड ८० लाख ५१ हजार रुपैयाँ खर्च गरेको छ । 

त्यस्तै यस अवधिमा युनियन लाइफ इन्स्यारेन्सले अभिकर्ता कमिशनका लागि ३९ करोड ७९ लाख ४३ हजार रुपैयाँ, एशियन लाइफले ३५ करोड १९ लाख २२ हजार रुपैयाँ, सिटिजन लाइफले ३४ करोड २७ लाख ९२ हजार, आईएमई लाइफले २२ करोड ४६ लाख ३१ हजार रुपौयँ खर्च गरेका छन् ।

चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार प्रभु लाइफ इन्स्यारेन्सले अभिकर्ता कमिशनका लागि  १४ करोड ७० लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, सूर्यज्योति लाइफले २५ करोड ७७ लाख ३४ हजार रुपौयँ, रिलायन्स लाइफले १८ करोड ४१ लाख १२ हजार रुपैयाँ र गुँरास लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनका लागि १४ करोड २६ लाख ७ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । 

त्यसैगरी पुस मसान्तसम्म अभिकर्ता कमिशनका लागि नेशनल लाइफ इन्स्योरेन्सले ७३ करोड ९३ लाख ४६ हजार रुपैयाँ, लाइफ इन्स्यारेन्स कर्पोरशन (एलआइसी) ले  ७१ करोड १८ लाख ७९ हजार रुपैयाँ, प्राइम लाइफ इन्स्यारेन्सले १७ करोड ३१ लाख १७ हजार रुपैयाँ, मेट लाइफले २३ करोड १६ लाख ८८ हजार रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० करोड ९३ लाख ४३ हजार रुपौयँ खर्च गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म अभिकर्ता कमिशनका लागि सानिमा लाइफले १४ करोड ६१ लाख ८ हजार रुपैयाँ, सन नेपाल लाइफले १६ करोड ५१ लाख ९८ हजार रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ९ करोड १३ लाख १८ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफले २४ करोड ८० लाख ७६ हजार रुपैयाँ बराबरको रकम खर्च गरेको छ । 

निर्जीवन बीमा कम्पनीतर्फ 
सञ्चालनमा रहेका १८ वटा निर्जीवन बीमा कम्पनीहरुमा अभिकर्ता कमिशनका लागि पुस मसान्न्तसम्म एनएलजी इन्स्योरेन्सले २ करोड ५७ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, यस अवधिमा प्रुडेन्सियल इन्स्योेरेन्सले एक करोड ७० लाख २३ हजार रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले एक करोड ३५ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ७८ लाख ९७ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले एक करोड १३ हजार रुपैयाँ खर्च गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार चालु आवको पुस मसान्तसम्म सगरमाथा इन्स्यारेन्सको १ करोड ९२ लाख ६७ हजार रुपौयँ, सानिमा जीआईसीले एक करोड ४२ लाख ६० हजार रुपैयाँ, युनाइडेड इन्स्योरेन्सले एक करोड ३९० लाख २९ हजार रुपैयाँ, शिखर इन्स्योरेन्सले २ करोड ८९ लाख ४ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २ करोड ८४ लाख ८२ हजार रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ करोड ५ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ । 

त्यस्तै, पुस मसान्तसम्म अभिकर्ता कमिशनका लागि अजोड इन्स्योरेन्सले २ करोड ५ लाख २ हजार रुपैयाँ, आईएमई जनरल इन्सयरेन्सले एक करोड ३८ लाख ८३ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ४१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड १६ लाख ३१ हजार रुपैयाँ, प्रिमियर इन्स्योरन्सले एक करोड ३६ लाख ८९ हजार र सिद्धार्थ इन्स्योरेन्सले एक करोड ४३ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ । 

यस्तो छ कमिशनको व्यवस्था  
बीमा नियमावलीको दफा २३ मा बीमा अभिकर्ताले पाउँने कमिशन रकमको व्यवस्था गरिएको छ । जसमा जीवन बीमातर्फ अभिकर्तालाई पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत दिइन्छ । त्यस्तै, बीमा कम्पनीहरुले दोस्रो वर्ष १५ प्रतिशत र त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले अभिकर्तालाई कमिशन दिन्छन् । 

त्यस्तै, निर्जीवन बीमा कम्पनीको हकमा भने अभिकर्ताको कमिशनको दर बीमा प्राधिकरणले तोक्ने व्यवस्था छ । अभिकर्ताले पाउने कमिसन उसले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुन्छ । निर्जीवन बीमाका अभिकर्ताले जति पोलिसी बिक्री गरेका छन् त्यसको १५ प्रतिशत कमिशन पाउँछन् । यसमा पनि अग्नी बीमामा १२ प्रतिशत कमिशन अभिकर्ताले पाउँछन् । 


 

प्रतिक्रिया दिनुहोस