शीर्षकहरू

जीवन विकास लघुवित्तद्धारा गत वर्ष भन्दा कम लाभांश प्रस्ताव

जीवन विकास लघुवित्तद्धारा गत वर्ष भन्दा कम लाभांश प्रस्ताव

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । फागुन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल ३७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३ कराृेड ४२ लाख ८० हजार रहेको छ । सोही पूँजीको आधारमा २८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ९ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षको तुलनामा निकै कम लाभांश प्रस्ताव गरेको हो ।

गत वर्ष कम्पनीले ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।