शीर्षकहरू

विद्युत आयात निर्यातको क्षमता वृद्धि, अब ८०० मेगावाट पुग्ने

विद्युत आयात निर्यातको क्षमता वृद्धि, अब ८०० मेगावाट पुग्ने

काठमाडौं । नेपालमा भारतबाट विद्युत आयात तथा निर्यात गर्ने क्षमता वृद्धि भएको छ ।  शनिबार नेपाल र भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटबाट ८०० भएको हो ।  भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

४०० किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट हाल ६०० मेगावाट विद्युत आयात–निर्यात हुँदै आएको छ । अब त्यहाँबाट ८०० मेगावाट आयात–निर्यात गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

सहसचिव मरासिनीका अनुसार हाल निर्माणाधिन ढल्केबर (नेपाल)–सीतामढी (भारत) प्रसारण लाइनबाट समेत विद्युत आदान–प्रदान गर्न अध्ययनका लागि संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिइएको छ ।

टनकपुर–महेन्द्रनगर १३२ केभी विद्युत प्रसारण लाइनबाट ७० देखि ८० मेगावाट विद्युत आयात–निर्यात गर्ने सहमति पनि भएको छ । साथै संयुक्त प्राविधिक टोलीबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भावित विकल्पहरुको अध्ययन गराउन नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।