शीर्षकहरू

पानी पर्ने के छ सम्भावना ? यस्तो छ आजको मौसम विवरण

पानी पर्ने के छ सम्भावना ? यस्तो छ आजको मौसम विवरण

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, राती देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका एक–दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।