शीर्षकहरू

'कारोबारको आधारमा सहकारीलाई वर्गीकरण गर्नुपर्छ'

'कारोबारको आधारमा सहकारीलाई वर्गीकरण गर्नुपर्छ'

काठमाडौं ।  वित्तीय कारोबारको आधारमा सहकारीलाई वर्गीकरण गर्नुपर्ने नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा.रमेश चौलागाईंले बताएका छन्।  शुक्रबार सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी पत्रकारिता तालिममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,'सबै सहकारीलाई एउटै वर्गमा राखेर हेर्नु हुँदैन। सहकारीको संख्यालाई मात्र नहेरेर उनीहरूको कारोबार तर्फ पनि ध्यान दिनुपर्छ।' बचत सहकारी र उत्पादनसँग सम्बन्धित सहकारीहरूलाई वर्गीकरण गरी नियमन गर्नुपर्छु, उनले थपे। 

साथै उनले तत्काल ५० करोड भन्दा माथिको कारोबार गर्ने सहकारीलाई पनि नियमन गर्न नसकिने बताए। उनले भने, 'अहिले ५० करोड भन्दा बढी कारोबार गर्ने सहकारी यकिन तथ्याङ्क छैन। एक अर्ब भन्दा माथिको कारोबार गर्ने सहकारीलाई भने नियमन गर्ने सम्भावना छ। अन्य सहकारी को हकमा भने आवश्यक नीति र नियम बनिनसकेकोले नियमन गर्ने सम्भावना कम छ।'

अहिलेको संयन्त्रले सहकारीलाई नियमन गर्न नसक्ने बताउँदै उनले भने, 'तत्काल राष्ट्र बैंकले सहकारीलाई नियमन गर्न सक्ने क्षमता छैन।' सहकारीको नियमन गर्नका लागि सुपरिवेक्षण कार्यविधि र मापदण्ड बनाउन आवश्यक रहेको बताउदै उनले आवश्यकता अनुसार कारबाहीको अधिकार दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै उनले अहिले सहकारीको तथ्याङ्कको अवस्था पनि नाजुक रहेको बताए। यससँगै सहकारी संस्थामा सदस्यको अवस्था पनि नाजुक रहेको उनको भनाई छ। राष्ट्र बैंकका उपनिर्देशक डा चौलागाईंले स्वनियमनले सहकारीमा बेतिथि लागु भएको बताए। स्वनियमनमा सम्भावना छैनु, उनले भने, 'मौका पाएपछि स्वनियमनको उल्लंघन जसले पनि गर्छ। स्वनियमन सबै क्षेत्रमा लागु छ। स्वनियमनमा संस्था चल्ने हो भने राष्ट्रिय राष्ट्र बैंक पछि लाग्नै पर्दैन।'