शीर्षकहरू

लाभांश पारितका लागि छिमेक लघुवित्तले बोलायो साधारण सभा

लाभांश पारितका लागि छिमेक लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा चैत १० गते गर्ने भएको छ । सभा हेटौंडा ४ मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो । 

सभाले २२ प्रतिशत बोनस शेयर र कर सहित ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २५ गते देखि चैत १० गते सम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । 

यस बुक क्लोजको आधारमा फागुन २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।