aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

बरूण हाइड्रोपावरको साधारण सभा फागुन २८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
बरूण हाइड्रोपावरको साधारण सभा फागुन २८ गते
NIBL

काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २८ गते १९औं वार्षिृक साधारण सभा बोलाएको छ । फागुन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले युनियन हाउस,अनामनगर, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । साथै संस्थापक शेयरधनीबाट चार जना र सर्वसाधारण शेयरधनीबाट दुई जना गरी ६ जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीले यस वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको छ । पछिल्लो दुई आर्थिक वर्ष कम्पनीले शेयरधनीहरूमा लाभांश वितरण गरेको छैन् । आर्थिक वर्ष ०७६÷७७ मा भने कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस