शीर्षकहरू

गोँगबु घटनापछि तात्यो प्रहरी, महानिरीक्षक सिंहले दिए यस्तो निर्देशन

गोँगबु घटनापछि तात्यो प्रहरी, महानिरीक्षक सिंहले दिए यस्तो निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारीरूपमा प्रहरी परिचालन गर्नुका साथै अझै बढि सक्रिय भई आ(आफ्नो जिम्मेवारी वहन गर्दै कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । प्रहरी महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन् । 

आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको बताउँदै प्रहरी महानिरीक्षक सिंहले भने, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पुर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानूनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु ।’ साथै घटनालाई गम्भिरताका साथ लिएर संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउन समेत उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक सिंहले ट्राफिक चेकजाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शीतामा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यवसायिक भएर जिम्मेवारी वहन गर्नुपर्ने बताए । फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा संचालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्नुपर्ने समेत उनले बताए ।