शीर्षकहरू

सिनामंगलमा होलसेल तथा खुद्रा तरकारी बजार सञ्चालन

सिनामंगलमा होलसेल तथा खुद्रा तरकारी बजार सञ्चालन

काठमाडौं । काठमाडौंको सिनामंगलमा होलसेल तथा खुद्रा तरकारी बजार संचालनमा ल्याइएको छ । सिनामंगल वरिपरिका उपभोक्तालाई ताजा तरकारी तथा फलफुल उपलब्ध गराउने उद्देश्यका साथ तरकारी बजार संचालनमा ल्याइएको संचालक राम बहादुर राईले बताएका छन् ।  

काठमाडौं महानगरपालिकाले व्यवस्थित सहर निर्माणका लागि फुटपाथ व्यपारलाई निषेध गरेसंगै तरकारी  बजारले ठेला र फुटपाथ व्यपारीलाई व्यवसाय गर्न  केहि रुपमा मद्दत गर्ने संचालक राईले बताएका छन् ।

आज फागुन १ गतेदेखि काठमाडौं मेडिकल कलेजको पछाडी, पहिलाको विश्रान्ती पार्टी प्यालेस भएको ठाउँमा  तरकारी बजार सुचारु भएको हो । आधुनिक व्यवस्थापन,  प्रशस्त पार्किङको सुविधा र २४सै घण्टा सीसीटिभी तथा सेक्युरितीको व्यवस्था तरकारी बजारमा रहेको छ । ।