शीर्षकहरू

आज कुन देशको डलरको नेपाली मूल्य कति छ ?

आज कुन देशको डलरको नेपाली मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ९५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५९ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५० पैसा र बिक्री दर १६० रूपैयाँ २३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ७० पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ २३ पैसा र बिक्री दर ९१ रुपैयाँ ६४ पैसा रहेको छ ।