शीर्षकहरू

विजय लघुवित्तद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?

विजय लघुवित्तद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशतका दरले हुन आउने ३३ लाख ६८ हजार ४२१ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीले नगद र बोनस गरी कुल २१.०५२५ प्रतिशतका दरले हुन आउने ६ करोड ७३ लाख ६८ हजार ४२१ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तन पुँजी ३२ करोड रुपैयाँ रहेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।