शीर्षकहरू

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा नगद लाभांश वितरण

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा नगद लाभांश वितरण

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी निर्णय गरेको नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित गरेको कर समेत ५ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको हो ।

वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरेको कम्पनीले पुस १८ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै माघ ५ गतेदेखिनै नगद लाभांश वितरण गर्न सुरु गरेको हो ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको नगद लाभांश बैंक खाता अद्यावधिक पछि मात्र वितरण हुने जानकारी कम्पनीले दिएको छ । साथै बुक क्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र नगद लाभांश प्राप्त गर्नेछन् । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले गत आर्थिक वर्ष ०७८÷७९ को मुनाफबाट नगद लाभांशसँगै २ दशमलव ४० प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि मात्र वितरण गरिने जानकारी कम्पनीले दिएको छ ।