aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 

फागुन मसान्तसम्म कर बुझाएमा मोटरसाइकलको ५ वर्षको जरि'वा'ना छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ माघ २०७९
Prabhu Bank
Motor Head
फागुन मसान्तसम्म कर बुझाएमा मोटरसाइकलको ५ वर्षको जरि'वा'ना छुट
nabil bank
LBF

यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले  आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट दिने भएको छ । आज एक सूचना प्रकाशित गरि यस्तो जानकारी दिएको हो । 

कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ ।

प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले भनेको छ ।

प्रतिक्रिया दिनुहोस