aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

आजदेखि यी ठाउँमा जानेछ एक सातासम्म बत्ती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ माघ २०७९
Prabhu Bank
Motor Head
आजदेखि यी ठाउँमा जानेछ एक सातासम्म बत्ती
nabil bank
LBF

काठमाडौं । नेपाल विद्युत प्राधिककरणले बुटवल आसपास क्षेत्रमा आज देखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणको बुटवल ग्रिड महाशाखाले एक सूचना जारी गरी आजदेखि एक सातासम्म बत्ती जाने जानकारी दिएको हो ।

महाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुनेछ ।

सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरूमा बत्ती जाने प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस