शीर्षकहरू

भलिवल टिमकी सदस्य साउद झुण्डिएको अवस्थामा फेला, प्रतियोगिता स्थगित

भलिवल टिमकी सदस्य साउद झुण्डिएको अवस्थामा फेला, प्रतियोगिता स्थगित

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत अवस्थामा फेला परेकी छिन् । ईलाका प्रहरी कार्यालय जोगबुढाले दिएको जानकारी अनुसार उनको शव मेलगाझा घर नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको हो । 

अहिले ती युवतीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ । उनी जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत थिइन् ।

साउद मृत भेटिएपछि बुधबारदेखि हुने भनिएको चौथो गाउँपालिकास्तरीय अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता एक दिनलाई सरेको छ । 

घरनजिकै झुन्डिएको अवस्थामा भेटिएकी साउद ७ नम्बर वडाको महिला टिमकी सदस्य थिइन् ।