aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 

सुन, बिटक्वाइन र पैसाको मूल्यबारे तपाईँले बुझ्नै पर्ने कुरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ माघ २०७९
Prabhu Bank
Motor Head
सुन, बिटक्वाइन र पैसाको मूल्यबारे तपाईँले बुझ्नै पर्ने कुरा
nabil bank
LBF

बिटक्वाइनलाई यसको विशेषतालाई हेरेर प्लाटिपस नामक एक जीवसँग तुलना गर्ने गरिन्छ। प्लाटिपस एक अनौठो उभयचर हो। यो स्तनधारी प्राणीको खुट्टामा हाँसको पन्जा झैँ जाली हुन्छ भने जङ्गली मुसोको जस्तै रौले ढाकिएको शरीर हुन्छ। यसलाई यस कारण अनौठो मानिन्छ कि यसमा पक्षी, स्तनधारी र सरीसृप सबैका विशेषता छन्। यसको पोथीले अण्डा कोरल्छ तर आफ्ना बच्चाहरूलाई दूध पान गराएर हुर्काउँछ। उता भालेहरूले भने निकै कडा र शक्तिशाली विष उत्पादन गर्छन्।

जब युरोपेलीहरूले सन् १७९८ मा अस्ट्रेलियामा प्लाटिपस पत्ता लगाए, तिनीहरूले यो विचित्रको नयाँ जनावरको वर्णन गर्दै आफ्ना घरका मानिसहरूलाई पत्र लेखे। मानिसहरूले प्लाटिपसलाई मजाक वा ठट्टा ठान्थे किनभने त्यो जीव त्यति बेलासम्म गरिएको जनावरहरूको वर्गीकरणमा कहिँपनि फिट थिएन।

तर यो एक वास्तविक जनावर थियो। मानिसहरूले यसलाई बुझेनन् किनभने यो नयाँ कुरा थियो जुन स्थापित प्रतिमानहरू सँग मेल खाँदैनथ्यो।

हो, अहिले बिटक्वाइन पनि धेरै हदसम्म प्लाटिपससँग मिल्छ। यो परम्परागत वित्तीय विश्लेषण मेट्रिक्सको रूपरेखामा मेल खाँदैन। अनि यसका विशेषता नै अनौठा छन्।

बिटक्वाइनको कुनै मूल्य–आम्दानी अनुपात (पीई रेसियो) छैन किनभने बिटक्वाइनको कुनै आय छैन। यसको कुनै नेट बुक भ्यालु (फर्मको शुद्ध सम्पत्ति मूल्य)

अनुपात छैन किनभने बिटक्वाइनको कुनै पुस्तक मूल्य पनि छैन। बिटक्वाइनको कुनै सिइओ छैन, कुनै मार्केटिङ विभाग छैन र कुनै कर्मचारी छैन।

बिटक्वाइन एक पूरै नयाँ सम्पत्ति हो जसलाई मानिसहरूले यसको उच्च मौद्रिक गुणहरू अर्थात् मुद्रास्फीतिको प्रतिरोधको कारण पैसाको रूपमा अपनाइरहेका छन्। नयाँ विश्वव्यापी पैसाको मुद्रीकरण साँच्चै कुनै पनि जीवित व्यक्तिले पहिले देखेको भन्दा फरक छ।

प्लाटिपस जस्तै, बिटकोइन पूर्ण रूपमा नयाँ 'जनावर' हो। यसैले बिटक्वाइनले प्रमुख लगानीकर्ताहरू सहित धेरै मानिसहरूलाई भ्रमित गर्दछ। बिटक्वाइनको आविष्कारले धेरै क्रान्तिकारी प्रभावहरू छोडेका छन्। शायद १६ औँ शताब्दीमा प्रिन्टिङ प्रेस, बारुदको आविष्कार अनि २० औँ शताब्दीमा इन्टरनेट र अन्य ऐतिहासिक आविष्कारहरू जसले स्थापित प्रतिमानहरूलाई उल्ट्याएका छन्।

कसैलाई साँच्चै बिटकोइन बुझ्न वर्षौं लाग्नु स्वाभाविक हो। यसलाई बुझ्न आर्थिक, प्रविधि, क्रिप्टोग्राफी, वित्तीय बजार र अन्य क्षेत्रहरूको बुझाइ आवश्यक हुन्छ। तर, अहिलेलाई बिटक्वाइन बुझ्नको लागि सबैभन्दा सरल तरिका भनेको पैसालाई बुझ्नु हो, जुन जो कोहीले सजिलै बुझ्न सक्छ।

पैसा 

मानिसहरूले दैनिक रूपमा पैसा प्रयोग गर्छन्। तर, थोरैले मात्र यो वास्तवमा के हो वा पैसा के को लागि के बनेको हो भन्नेबारे सोच्छन् । मानिसहरूलाई "पैसा के हो?" भनेर सोध्नु माछालाई "पानी के हो?" भनेर सोध्नु जस्तै हो। 

पैसा सहज र सीधा तरिकाले बुझ्न  सकिन्छ। पैसा भण्डारण र मूल्य आदानप्रदानको लागि उपयोगी चीज हो। यो भण्डारण गरिएको जीवन वा ऊर्जा जस्तै हो।

दुर्भाग्यवश, आज धेरैजसो मानिसहरू उनीहरूको सरकारले उनीहरूलाई पैसाको रूपमा जे पनि दिन्छ त्यसलाई विचारविहीन रूपमा स्वीकार गर्छन्। तर, मुद्रा केवल सरकारबाट मात्रै जारी हुनुपर्छ भन्ने जरुरी छैन। सरकारले जारी गरेको मात्र मुद्रा हो भन्ने गलत विश्वास सबैतिर फैलाइएको छ। 

वास्तवमा मानिसहरूले विभिन्न समयमा ढुङ्गा, काँचको मोती, नुन, गाईबस्तु, शंख, सुन, चाँदी र अन्य वस्तुहरू पैसाको रूपमा प्रयोग गर्दै आएका छन्। ती सरकारले जारी गरेका आजका मुद्रा जस्ता थिएनन् बरु त्यसैलाई प्रतिष्ठापन गर्दै सहजताको लागि मुद्रा बनाइएको हो। 

सुन

कम्तीमा विगत २५ सय वर्ष भन्दा बढी समयदेखि सुनलाई मानव जाति बीच पैसाको सबैभन्दा स्थायी रूप बनेर चलनचल्तीमा छ। सुन संयोगवश वा केही राजनीतिज्ञहरूले निर्णय गरेको कारणले पैसा बनेको होइन। कुनै सरकार वा राजाले यसलाई पैसा भनेर घोषणा गरेको होइन। यो पैसा भयो किनभने इतिहासमा, धेरै विभिन्न सभ्यताहरूमा, अनगिन्ती व्यक्तिहरू एउटै निष्कर्षमा आए: सुन पैसा हो।

यसरी मूल्य भण्डारण र विनिमय गर्न उत्तम तरिका खोज्ने मानिसहरूको बजार प्रक्रियाको परिणाम स्वरूप सुन पैसा बन्यो। प्रश्न उठ्छ, त्यसो भए तिनीहरूले  सुन नै किन रोजे त ? सुनको के गुणले यसलाई पैसाको रूपमा आकर्षक बनाउँछ?

सुनमा अनौठो विशेषताहरू छन् जसले यसलाई पैसाको रूपमा उपयुक्त बनाउँछ। सुन टिकाउ, विभाज्य, सुसङ्गत, सुविधाजनक, दुर्लभ र सबैभन्दा महत्त्वपूर्ण कुरा, सबै भौतिक वस्तुहरू मध्ये "सबैभन्दा जटिल" धातु हो।

अर्को शब्दमा भन्नुपर्दा विद्यमानमा यसको भण्डारण र यसको आपूर्तिको आधारमा मात्रै हेर्ने हो भने मुद्रास्फीतिको लागि सबैभन्दा प्रतिरोधी अन्य भौतिक वस्तुको तुलनामा सुन उत्पादन गर्न गाह्रो छ। यसले सुनलाई यसको मौद्रिक गुण दिन्छ।

बिटक्वाइनले सुनको धेरै समान विशेषताहरू बोकेको देखिन्छ। जसले यसलाई पैसाको रूपमा आकर्षक बनाउँछ। त्यसैले यसलाई अक्सर "डिजिटल सुन" पनि भनिन्छ। सुन जस्तै बिटक्वाइनको काउन्टर पार्टी जोखिम छैन। र, कसैले पनि स्वेच्छाचारी रूपमा यसको आपूर्ति बढाउन सक्दैन।

भ्रम

यहाँ प्रश्न उठ्न सक्छ, "बिटक्वाइनको आन्तरिक मूल्य वा औद्योगिक प्रयोग छैन। यसलाई सुनसँग कसरी तुलना गर्न सकिन्छ?" यसको जवाफ दिनुभन्दा अघि यस सम्बन्धी भ्रम निवारण गर्न तीन वटा कुरा बारे चर्चा गर्ने पर्ने हुन्छ।

खुल्ला बजार अर्थशास्त्रले सिकाएको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सबै मूल्य व्यक्तिपरक हुन्छ। त्यहाँ अन्तर्निहित वा आन्तरिक मूल्य जस्तो कुनै चीज हुँदैन। कुनै चीजको मूल्य त्यति बेला मात्र हुन्छ जब मानिसहरूले व्यक्तिगत रूपमा निर्धारण गर्छन् कि तिनीहरूको मूल्य छ। उदाहरणका लागि जब मानिसहरूले कच्चा तेल के हो भनेर बुझ्दैनन्, तिनीहरूले यसलाई आफ्नो घरको आँगनमा फेला पारे भने पनि त्यसलाई वास्ता गरेनन्। नेपालीमा भनाई नै छ चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड। 

पछि कच्चा तेलको आर्थिक क्षमता बुझेपछि यो अनावश्यक फोहोरबाट एक आकर्षक वस्तुमा परिणत भयो। तेल परिवर्तन भएन। यो पहिले जे थियो उस्तै नै थियो। के परिवर्तन भयो मानिसहरूले त्यसलाई मूल्याङ्कन गरे। र, त्यसले मूल्य पायो। त्यसैले सबै मूल्य व्यक्तिपरक हुन्छ भन्ने अवधारणा सुन र बिटकोइन जस्ता मौद्रिक सामानहरू सहित सबै वस्तुहरूमा लागू हुन्छ।

बिटक्वाइन पैसा को एक मुक्त बजार रूप हो। विश्वभर ११४ मिलियन भन्दा बढी मानिसहरूले व्यक्तिगत रूपमा निर्धारण गरेका छन् कि तिनीहरूको लागि बिटक्वाइनको  मूल्य छ। तिनीहरूले स्वेच्छाले बिटक्वाइनको लागि मूल्यका अन्य रूपहरूको आदान प्रदान गर्न रोजे। तिनीहरूले बिटक्वाइन यस कारण छनौट गरेका होइनन् कि कानुनी वा सरकारी आदेशहरूले उनीहरूलाई बाध्य पारेको थियो। आफ्नो मुलुकको कानुनले नचिने पनि उनीहरूले बिटक्वाइनलाई पैसाको रुपमा वा भनौँ सम्पत्तिको रुपमा स्वीकारे। 

त्यसो त सुनले पनि औद्योगिक प्रयोगले राम्रो पैसा कमाउँदैन। विश्व गोल्ड काउन्सिलको पछिल्लो वार्षिक तथ्याङ्क अनुसार, सुनको कुल मागलाई निम्न प्रयोगहरूमा विभाजन गरिएको छ: गहना (५५%), लगानी (२५%), केन्द्रीय बैंकहरू (१२%), र औद्योगिक (८%)। सिल्भर इन्स्टिच्युटको पछिल्लो वार्षिक तथ्याङ्क अनुसार, कुल चाँदीको मागलाई निम्न प्रयोगहरूमा विभाजन गरिएको छ: औद्योगिक (५१%), गहना (१७%), लगानी (२७%), चाँदीका सामान (४%), र हेजिङ (१ %)।

भारतीय, चिनियाँ र अन्य एसियाली मुलुकहरूले विश्वव्यापी सुनको गहनाको मागको ठुलो हिस्सा ओगटेका छन्। धेरै मानिसहरूले सुनका गहनाहरूलाई मूल्यको भण्डारको रूपमा प्रयोग गर्छन् - एक मौद्रिक प्रयोग। यो सबैलाई सँगै राख्दासुनको मागको लगभग ८६ प्रतिशत मौद्रिक प्रयोगहरू हुने गर्छ। औद्योगिक र गैर-मौद्रिक उपयोगहरूको अपेक्षाकृत सानो भाग (१४ %) को मात्र हिस्सा छ। चाँदी त्यसको ठिक उल्टो छ। औद्योगिक र गैर-मौद्रिक उपयोगहरू यसको समग्र मागको लगभग ७३ प्रतिशत हो, मौद्रिक प्रयोग भने २७ प्रतिशत मात्र छ। 

बिटक्वाइनको भने विशुद्ध मौद्रिक उपयोग मात्र छ। यसको कुनै औद्योगिक वा गैर-मौद्रिक उपयोगिता छैन। केही व्यक्तिहरूले गलत रूपमा तर्क गर्छन् कि बिटक्वाइन राम्रो पैसा हुन सक्दैन किनभने यसमा कुनै औद्योगिक प्रयोग वा गैर-मौद्रिक उपयोगिता छैन। तर, कुनै बस्तु पैसा हुन त्यो जरुरी छैन । कुनै चीजलाई पैसाको रूपमा प्रयोग गर्नु नै पैसा हुनको लागि पर्याप्त हुन्छ।

सुनको केही औद्योगिक उपयोग भएको तथ्यले यसको उच्च मौद्रिक गुणहरू दिँदैन। मानिसहरूले सुनलाई मुख्य रूपमा पैसाको रूपमा मूल्याङ्कन गर्छन् किनभने यो मुद्रास्फीतिको लागि सबैभन्दा प्रतिरोधी एक भौतिक वस्तु हो - यो दन्त चिकित्सा, इलेक्ट्रोनिक्स, वा अन्य उद्योगहरूमा प्रयोग भएकोले होइन।

सुनको अपेक्षाकृत सानो औद्योगिक प्रयोगले यसको मौद्रिक विशेषताहरू बढाउँदैन। यदि त्यस्तो हुन्थ्यो भने किन तामा वा निकल जस्ता अधिक औद्योगिक प्रयोग भएका धातुहरू पैसाको रूपमा बढी वाञ्छनीय छैनन्?

जब यो पैसाको कुरा आउँछ हामीले यसको भण्डारण र मूल्य विनिमय गर्ने क्षमता हेर्नुपर्छ । त्यस्तो चीज वास्तवमा पैसा होइन जसको मूल्य सधैँ परिवर्तनशील औद्योगिक अवस्थाहरूको लहरमा बन्धक छ। यसैले औद्योगिक उपयोग मौद्रिक लाभ होइन, वास्तवमा सम्भावित हानि हो।

प्रतिक्रिया दिनुहोस