शीर्षकहरू

धमाधम वितरण भइरहेछ निशुल्क विद्युतीय चुलो

धमाधम वितरण भइरहेछ निशुल्क विद्युतीय चुलो

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले धमाधम विद्युतीय चुलो वितरण गरिरहेको छ । केन्द्रले दुर्गमका २८ सय ६५ विद्यार्थीहरुलाई दिने भनिएको इन्डक्सन चुलो वितरण भइरहेको केन्द्रका सहायक निर्देशक डा.रणबहादुर थापाले आर्थिकन्युज डटकमलाई जानकारी दिए ।

उनका अनुसार केन्द्रले पुस १७ गतेदेखि चुलो वितरण गर्न शूरु गरेको हो । हालसम्म एक हजार ७५६ जनालाई चुलो वितरण भइसकेको समेत उनले जानकारी दिए । उनले भने, ‘हालसम्म आवेदन दिएका मध्ये २ हजार ८६५ जना विद्यार्थी छनौटमा परेका छन् । माघ २६ गतेसम्म सबै चुलो वितरण गछौं ।’

उनका अनुसार आवेदन दिएका विद्यार्थीहरुमध्ये ७ हजार ४८ जनाले केन्द्रले तोकेको मापदण्ड अनुसार आवश्यक कागजपत्र पुर्याएका छन् । जसमध्ये दुर्गम क्षेत्रका सरकारी कलेजमा पढ्ने विद्यार्थीहरु क र ख वर्गमा छनौट भएका २ हजार ८६५ जना जना रहेका थिए । 

साथै आवेदन दिएका विद्यार्थीहरु मध्ये ४ हजार १६२ जना सुगमका रहेका उनले बताए । केन्द्रले दुई चरणमा गरी १२ हजार ५ सय विद्यार्थीहरुका लागि चुलो वितरण लागि माग गरेको थियो । 

सरकारले दुर्गम जिल्लाबाट आएर काठमाडौंमा भाडामा बसेर अध्ययन गर्ने स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि इन्डक्सन चुलो वितरण गर्न लागेको हो ।