शीर्षकहरू

मिथिला लघुवित्तले बोलायो फागुन १७ गते साधारण सभा

मिथिला लघुवित्तले बोलायो फागुन १७ गते साधारण सभा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १७ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल लालगढ , धनुषामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गुर्नका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १७ करोड ४ लाख ३७ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको अधिकृत पूँजी रू. २० करोमा रू. १० करोड थप गरी रू. ३० करोड पु¥याउने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

हाल कम्पनीमा ६० प्रतिशत संस्थापक तर्फ र ४० प्रतिशत सर्वसाधारणतर्फ शेयर स्वामित्व रहेको छ । सो संरचना परिवर्तन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

उल्लेखित प्रस्तावसँगै अन्य कुनै लघवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक सदिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधरामा फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।