शीर्षकहरू

कस्तो छ आजको मौसम ? कतै छैन पानी पर्ने सम्भावना

कस्तो छ आजको मौसम ? कतै छैन पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भु(भागमा आंशिक बदली रही तराईका धेरै भु(भागहरुमा हुस्सुरकुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश नं. १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १ को हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं. १का हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका तराईका भू–भागमा  लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनान विभागले अनुरोध गरेको छ ।