शीर्षकहरू

ज्योति विकास बैंकले फागुन १४ गते लाभांश पारित गर्ने

ज्योति विकास बैंकले फागुन १४ गते लाभांश पारित गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले फागुन १४ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी क्लब भद्रकालि, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाग गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट कुल ६ दशमलव ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब २६ करोड ७७ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उल्लेखित प्रस्तावसँगै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २६ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य  हुनेछन् ।