शीर्षकहरू

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट, १३ लाख ४३ हजारको हात खालि

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट, १३ लाख ४३ हजारको हात खालि

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट गरिएको छ । त्यस अनुसार ८९ हजार ६४० जनाले मात्रै शेयर पाएका छन् ।

कम्पनीको आइपीओमा मागभन्दा १८ दशलमव ५२ गुणा बढी आवेदन परेको थियो । १४ लाख ३२ हजार ८८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका थिए । जसमा ८९ हजार ६४० जनाले मात्र सेयर हात पारेका छन् भने बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली भएको छ । जस मध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी रू. ६० करोड बराबरको १८ प्रतिशतले हुन आउने रू. १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।