शीर्षकहरू

इम्पेरिमेन्ट चार्ज बढ्दा सिभिल लघुवित्तको नाफामा असर

इम्पेरिमेन्ट चार्ज बढ्दा सिभिल लघुवित्तको नाफामा असर

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमाससम्मको अपपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ६४.३५ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ करोड ३३ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको हो , जबकी गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । 

दोस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण संस्थाको खुद नाफामा असर परेको हो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.९३ प्रतिशतले घटेको छ । भने सञ्चालन नाफा ६४.३४ प्रतिशतले घटेको छ । 

उक्त विवरण अनुसार गत आवको सोही अवधिमा ११ करोड ८४ लाख रुपौयँ खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म १० करोड ५५ लाख रुपौयँ खुद ब्याज आम्दानी गरेको छ । 

त्यसैगरी, समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १ करोड ९१ लाख रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा ५ करोड ६३ लाख रुपैयाँ रहेको थियो । 

वित्तीय विवरण अनुसार कम्पनीको इम्पेरिमेन्ट चार्ज पनि बढेको छ । समिक्षा अवधिमा संस्थाको इम्पेरिमेन्ट चार्ज बढेर १ करोड ३५ लाख रुपैयाँ पुगेको छ । जबकी गत आवको सोही अवधिमा इम्पेरिमेन्ट चार्ज ५६ लाख ५० हजार रुपैयाँ रहेको थियो । 

संस्थाको खराब कर्जा र इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफा घटेको हो । गत आवको सोही अवधिमा संस्थाको खराब कर्जा १.३३ प्रतिशत रहेको थियो । चालु आवको दोस्रो त्रैमाससम्म खराब कर्जा बढेर २.९३ प्रतिशत पुगेको छ ।