aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

दुई सय ५९ जनाको ड्राइभिङ लाइसेन्स चैट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
himalayanlife
दुई सय ५९ जनाको ड्राइभिङ लाइसेन्स चैट
DHI
NIBL

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने  २ सय ५९ जना सवारी चालकहरूका सवारी चालक अनुमति पत्र निलम्बनको लागि सोमबार यातायात ब्यवस्था विभाग मिनभवन पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि आज यातायात व्यवस्था विभाग पठाइएको  हो । 

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमती पत्र मध्ये ३६, ३०, २८,१९, १८ र १७ पटक १ (१ जना,  २३, २० र १६ पटक २(२ जना, २१ पटक ३ जना, १५, ११ र १० पटक ११(११ जना, १४ पटक ५ जना,  १३ पटक ९ जना,  १२ पटक ८ जना, ९ पटक २४ जना, ८ पटक ३४ जना, ७ पटक ५० जना,  र ६ पटक ८१  जना चालकहरु ट्राफिक प्रहरीको कार्वाहीमा परेका थिए । 

ट्राफिक नियम उल्लंघन गरेको कारणले धेरै जसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागी ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस