शीर्षकहरू

शिवम् सिमेन्टको नगद लाभांश वितरण सुरु

शिवम् सिमेन्टको नगद लाभांश वितरण सुरु

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न सातौ वार्षिक साधारण सभाबाट कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । 

उक्त लाभांश बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा माघ ५ गतेदेखि जम्मा गर्न सुरु गरिएको कम्पनीको भनाई छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गरेका हुन । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा नगद लाभांश वितरण गरेको हो । 

नगद लाभांश शेयरधनीहरूले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामानै जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराएन कम्पनीले अनुरोध गरेको छ । साथै आफ्नो शेयर धितो राखेका शेयरधनीहरूको हकमा भने नगद लाभांश प्राप्त गर्न सम्बन्धित बेंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र शेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्न कम्पनीले भनेको छ । शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।