शीर्षकहरू

चिलिमे जलविद्युतको नगद लाभांश वितरण

चिलिमे जलविद्युतको नगद लाभांश वितरण

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २२ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश माघ ५ गतेदेखि वितरण गर्न सुरु गरिएको जानकारी दिएको हो ।

कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरिदिएको हो । यसर्थ हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरूको हकमा भने बैंक खाता अद्यावधिक पश्चात मात्र नगद लाभांश जम्मा गरिनेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ३ गते एक दिन बुक क्लोज गरेको थियो । 

बुक क्लोजको आधारमा पुस २ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । सोही सभाबाट कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव पारित भएको थियो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि मात्र सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।