शीर्षकहरू

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण सभा फागुन ५ मा

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण सभा फागुन ५ मा

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चौधौं वार्षिक साधारण सभा फागुन ५ गते गर्ने भएको छ । सभा वालनट बिस्ट्रो एण्ड ब्यांक्वेट पानीपोखरीमा बिहान ११ जबे शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभालेसामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले गरेको आर्थिक सहयोगलाई अनुमोदन गर्ने, आफ्नो चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा माघ १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।