काठमाडौं । विशेष अदालत काठमाडौंबाट फैसला भएका मुद्दाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असन्तुष्ट बनेको छ । अदालतबाट फैसला भएका तीन वटा मुद्दाको फैसलामा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गराएको हो ।
विभिन्न मितिमा फैसला भएका घुस रिसवत, सार्वजनिक समपत्ति हानीनोक्सानी, सम्बन्धी मुद्दाहरुमा पुनरावेदन गराएको आयोगले जनाएको छ । घस सहित पक्राउ परेका टिकारम कामी, राम विश्वास मुखिया, निरगुन पासवान, गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गर्ने नविनचन्द्र झा, दिलचन्द्र राई र खगेन्द्र बस्नेतविरुद्धको मुद्दाको फैसलामा आयोगले चित्त नबुझाएको हो ।
पर्याप्त प्रमाण हुँदा हुदै विशेष अदालतले अभियोगीहरुलाई सफाइ दिएको अख्तियारको आरोप रहेको छ । उनीहरु रंगेहात नमुना परीक्षणमा मुचुल्कामा खानतलासी बरामदी मुचुल्का एंव रकम बरामद भएको भनि गरेको सनाखत कागज समेतबाट पुष्टि हुँदा पनि अदालतले सफाइ दिएको अख्तियारको भनाई रहेको छ ।