शीर्षकहरू

भालुले आक्रमण गर्दा एकजना गम्भीर घाइते

भालुले आक्रमण गर्दा एकजना गम्भीर घाइते

काठमाडौं । भालुको आक्रमणमा परी एकजना गम्भीर घाइते बनेका छन् । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ का देउबहादुर विक घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी गम्भीर घाइते बनेका हुन् । 

घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मङ्गलबार बेलुकी श्रीमान् श्रीमतीसँगै घाँस काट्ने क्रममा विकलाई भालुले आक्रमण गरेको थियो ।

भालुको आक्रमणबाट गम्भीर घाइते भएका विकलाई उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।