शीर्षकहरू

कृति भेन्चरको ४० प्रतिशत हकप्रद शेयर विक्रीमा

कृति भेन्चरको ४० प्रतिशत हकप्रद शेयर विक्रीमा

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ४० को अनुपातमा ८ लाख कित्ता हकप्रद शेयर पुस ३० गतेदेखि विक्री खुला गरेको हो । 

प्रतिकित्ता एक सय अंकित दरको उक्त हकप्रद शेयर खरीदका लागि फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर खरीदका लागि कम्पनीको रजिष्टर्ड कार्यालय, बागदरबार, काठमाडौंबाट दरखास्त फाराम लिई बैंकमा रकम जम्मा गरेको भौचर समेत राखी पठाउँनुपर्नेछ ।

यस कम्पनीले प्रिमियम मूल्यमा शेयर जारी गर्ने भएको छ । कम्पनीले शेयर जारी गर्ने प्रस्ताव सहित माघ २२ गते विशेष साधारण सभा बोलाएको छ । माघ ४ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यालय , काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।