शीर्षकहरू

आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुन्छः चेम्बर

आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुन्छः चेम्बर

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले आयातमा नगद मार्जिनको व्यवस्था हटाउदा अर्थतन्त्र चलायमान हुने बताएको छ । राष्ट्र बैंकले एक वर्ष अघि देखिनै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटापछि अबका दिनमा अर्थतन्त्र चलायमान हुनेमा  चेम्बरले विश्वास लिएको जनाएको छ ।

नेपाल चेम्वर अफ कमर्सद्धारा आयोजित ‘अर्थतन्त्र अबको बाटो’  बिषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा कार्यक्रमका प्रमूख अतिथि उपप्रधान मन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेल समक्ष निजी क्षेत्रका बिद्यमान समस्या र सुझावबारे चेम्वरले सुझाव प्रस्तुत गरेको थियो ।

सोको लगत्तै नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्वर अफ कमर्स आभार व्यक्त गरेकोे छ । यसका साथै राष्ट्र बैंकले “चालु पुँजी कर्जा मार्गदर्शन २०७९” परिमार्जन गरि २०८२ असार सम्म पुर्याइएकोमा चेम्वरले स्वागत गरेको छ । 

चालुपुँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई  ४० प्रतिशत नै कायम गरिन र  डवल डिजिटको आर्थिक बिकास हाशिल गर्न सिंगल डिजिटको व्याजदर कायम हुनु पर्ने तर्फ पनि चेम्वरले आग्रह गरेको छ । 

तरलता व्यवस्थापनका लागि पुंजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा लिएको चेम्बरले जनाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजिगत खर्चको ९० प्रतिशत देखि ९५ प्रतिशत रकम बैक तथा वित्तिय संस्था मार्फत परिचालन गर्न सकिएमा यसले बजारमा तरलताको अभाव हुन नदिन सहयोग पुग्ने देखिएकोले यस तर्फ पनि चेम्बरले ध्यानाकर्षण गराएको छ ।