शीर्षकहरू

किड्स घडीमा अभिभावकको रुचि,  यस्ता छन् विशेषता

किड्स घडीमा अभिभावकको रुचि,  यस्ता छन् विशेषता

काठमाडौं । बाल मनोविज्ञानलाई ध्यानमा राखेर उनीहरूको लागि उपयुक्त एक घडी बजारमा आएको छ। यस्तो किफायती उत्पादन नलाई बजारमा ल्याउने कम्पनी हो, ब्रदर मार्ट। यो मार्टले बाल-बालिकालाई केन्द्रित गरेर डिजिटल प्रोडक्टको रूपमा बिक्री वितरण सुरु गरेको ब्रदर मार्टको स्मार्ट किड्स वाचमा केही खास विशेषताहरू रहेको कम्पनीले दाबी गरेको छ।  

उपयोगी विशेषताहरू :

यो घडीमा कम्पनीले एक वर्षको वारेन्टी दिएको छ। सिम कार्ड समेत राख्न मिल्ने हुनाले यसलाई फोनका रूपमा समेत प्रयोग गर्न सकिन्छ। यसबाट कल गर्न सकिने हुँदा स्मार्ट फोन दिँदा त्यसको लतमा बच्चा पर्छन् कि भन्ने चिन्ता समेत यो घडीले कम गराउने देखिन्छ। यसको अर्को महत्त्वपूर्ण विशेषता हो यसलाई ट्र्याक गर्न मिल्छ। यो फिचरले गर्दा बच्चाको लागि थप उपयुक्त हुने देखिएको छ किनकि यसको कारण सजिलैसँग घडी लगाएको व्यक्ति कहाँ, कुन लोकेसनमा रहेको हो भन्ने पछ्याउन सकिन्छ।  

बाल बालिकाको लागि यो घडी थप उपयोगी हुने अर्को विशेषता हो, पानीमा समेत लगाउन मिल्ने। सामान्यतया फोन लगायतका डिजिटल बस्तु पानीबाट जोगाउनु पर्ने हुन्छ तर यो घडीमा पानी नपस्ने हुनाले पानीमा समेत लगाउन मिल्छ। यस अलावा बच्चाको बौद्धिक क्षमता बढाउन सहयोग पुग्ने गेमहरू समेत भएका कारण बच्चालाई यो घडी थप उपयोगी हुने ब्रदर मार्टको दाबी छ। 

हाल अभिभावकले आफ्ना बाल बालिकाहरूको लागि यो घडी उपहारका रूपमा दिने क्रम बढेको मार्टको दाबी रहेको छ। मोबाइलबाट ट्र्याक गरेर आफ्नो बाल बालिकाको सुरक्षा समेत गर्न सकिने बताइएको छ। यो घडी अरू सस्तो खेलौना घडी भन्दा धेरै विशेषता भएको घडी भएको हुँदा यो तुरुन्तै नबिग्रने कम्पनीको दाबी छ।