शीर्षकहरू

अष्ट्रेलियन डलरको भाउ घट्यो, अमेरिकन बढ्यो

अष्ट्रेलियन डलरको भाउ घट्यो, अमेरिकन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ८८ पैसा र बिक्री दर १३० रूपैयाँ ४८ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ५९ पैसा र बिक्री दर १४१ रूपैयाँ २४ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ १७ पैसा र बिक्री दर १६० रूपैयाँ ९१ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ७१ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ४० पैसा र बिक्री दर ८९ रुपैयाँ ८१ पैसा रहेको छ ।