शीर्षकहरू

रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले यस वर्षको लागि प्रस्ताव गरेको ४० प्रतिशत बोनस शेयर पछि कायम हुने चुक्तापूँजीका आधारमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१०  प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पूँजी बृद्धिका लागि थप ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो । कम्पनीले प्रस्तावित हकप्रद शेयर निष्कासनका लागि पहिलो चरणमा विद्युत नियमन आयोगको स्वीकृति लिई वार्षिक साधारण सभाबाट पारित गराउँनुपर्नेछ ।

दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिनुपर्नेछ । यी सबै प्रकृया पुरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ५० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको हो ।