शीर्षकहरू

कर्णाली प्रदेशमा खुल्यो सरकारी जागिर, कसरी लिने अवसर ?

कर्णाली प्रदेशमा खुल्यो सरकारी जागिर, कसरी लिने अवसर ?

काठमाडौं । कर्णाली प्रदेशको लोकसेवा आयोगले सरकारी कर्मचारी बन्न चाहनेहरुका लागि अवसर खुलाएको छ । आयोगले अज एक सूचना प्रकाशित गरी कर्मचारीहरुका लागि दरखास्त आव्हान गरेको हो । 

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूका लागि आवेदन माग गरिएको हो । 

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ । 

कर्णाली प्रदेश सरकार अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति हुने भएकाले योग्यता पुगेका उमेदवारहरूले आवेदन दिन सक्नेछन् । 

योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ । माघ १६ गतेसम्म आवेदन दिन सकिने आयोगले सूचना मार्फत जानकारी दिएको छ ।