
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ८० पैसा र बिक्री दर १३२ रूपैयाँ ४० पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ० पैसा र बिक्री दर १४० रूपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ६१ पैसा र बिक्री दर १५९ रूपैयाँ ३४ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ २७ पैसा र बिक्री दर १४२ रुपैयाँ ९२ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ९८ पैसा र बिक्री दर ९० रुपैयाँ ३९ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस