शीर्षकहरू

नेप्सेको वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो

नेप्सेको वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौ दिन आज विहीबार उच्च अंकले बढेको छ । निरन्तर रुपमा बढेको शेयरबजारमा बुधबार पनि उच्च अंकको वृद्धि भएको थियो  । विहीबार नेप्से १८.०९ अंकले बढेर दुई हजार एक सय ४३ दशमलब ९३ विन्दुमा बन्द भएको छ ।

बुधबार नेप्से ६४.८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलब ८४ विन्दुमा बन्द भएको थियो । मंगलबार नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको थियो  ।

त्यस्तै, आज शेयरबजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज पाँच अर्ब ४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार तीन अर्ब भन्दाबढीको बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका कम्पनीमध्ये १४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आज चार वटा कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।  नेप्सेका अनुसार आज नौं कम्पनीको शेयरमूल्य ९.८९ प्रतिशतले बढेको छ । जसमध्ये पाँच वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

आज पाँच कम्पनीको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४३ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।