शीर्षकहरू

अत्याधिक चिसो बढ्यो, कस्तो आगामी तीनदिनको मौसम ?

अत्याधिक चिसो बढ्यो, कस्तो आगामी तीनदिनको मौसम ?

काठमाडौं । हाल देशभरका सबैजसे स्थानमा दैनिक रुपमा चिसो अत्याधिक बढिरहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले चिसो पनि बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशमखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

देशको प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

हेरौं आगामी तीनलिदनको मौसमी विवरण :

२०७९ पुस २० गते  (बुधबार)

दिउँसोː गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस २१ गते  (बिहीबार)

दिउँसोː प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 रातीː प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ पुस २२ गते  (शुक्रबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।