
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ६३ पैसा र बिक्री दर १४० रूपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८७ पैसा र बिक्री दर १५८ रूपैयाँ ५९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ २२ पैसा र बिक्री दर १४१ रुपैयाँ ८६ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ८९ पैसा र बिक्री दर ८९ रुपैयाँ ३० पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस