काठमाडौं । एनएलजी इन्स्योरेन्सले असोज ८ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश सम्बन्धी कुनै प्रस्ताव नभएको उक्त सभा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवदेन पारितका लागि बोलाइएको हो । साथै गत आव २०७५/७६ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
सभा विहान ११ बजे अम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिन बुक क्लोजको मिति तोकेको छ । साधारण सभा गर्ने निर्णय कम्पनीको भदौ १२ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ छ ।
गत जेठ १४ गतेको वार्षिक साधारण सभाले गरेको निर्णय बमोजिम कम्पनीले ६० प्रतिशत हकप्रद जारी गर्नेछ । गत आवमा १ अर्ब ६६ करोड रुपैयाभन्दा बढी बीमाशुल्क आर्जन गरेको यस कम्पनीले १९ करोड ८ लाख ८० हजार रुपैया खुद नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको जगेडा कोषमा १९ करोड ८३ लाख ४८ हजार रुपैया रहेको छ ।