शीर्षकहरू

चेक बाउन्सको केसमा दुई हजारभन्दा बढी कालोसूचीमा परे

चेक बाउन्सको केसमा दुई हजारभन्दा बढी कालोसूचीमा परे

काठमाडौं । पछिल्लो समय अर्थतन्त्रका गतिविधि सुस्ताएसँगै आयमा आएको गिरावटले लेनदेन र बन्द व्यापारमा अराजकता सुरू भएको छ । चालू आर्थिक वर्षमा चेक बाउन्सको घटनामा भएको बृद्धिले लेनदेन र बन्द व्यापारमा अराजकता मौलाएको देखिएको हो । कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांकअनुसार चेक बाउन्सको अपराधमा महिनाको दुई हजारभन्दा बढी कालोसूचीमा पर्न थालेका छन् । चेक बाउन्सको प्रकृति समेत फरक–फरक छ ।

केन्द्रका अनुसार चालू आर्थिक वर्षको मंसिरमा मात्र १ हजार ९ सय ४५ जना चेक बाउन्सका कारण कालोसूचीमा परेका छन् । गत आर्थिक वर्षको मंसिर महिनामा चेक बाउन्सका कारण कालोसूचीमा पर्ने ३ सय ६६ जनामात्र थिए । यी दुई वर्षलाई तुलना गर्दा यो वर्ष कालोसूचीमा पर्नेको संख्या ५ सय २० प्रतिशतले बढेको हो ।