aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

नायव सुब्वा देवकोटा विरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ पुस २०७९
नायव सुब्वा देवकोटा विरुद्ध विशेष अदालतमा मुद्दा दायर
NIBL

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नायव सुब्वा दिपकराज देवकोटा विरुद्द मुद्दा दायर गरेको छ । आयोगका अनुसार देवकोटाले पोल्ट्री वंगुर फार्मको नाममा भुक्तानी लिई चेक लुकाएर फार्मसँग घुसर रिसवत मागेका थिए ।   

कालिकोटको, खाँडाचक्र नगरपालिकाले पोल्ट्री वंगुर फार्मसँग ४२० कुखुरा उपलब्ध गराउने गरी सम्झौता भएको थियो । देवकोटाले खाँडाचक्र नगरपालिकाद्धारा वडा नं। ३ र ४ मा लघु उद्यम विकास अन्तर्गत कुखुरा पालन सीप विकास तालिमको झुट्टा विल भरपाई तथा कागजात तयारी गरी कार्यालयमा पेश गरी भुक्तानी लिई १ लाख ९७ हजार ८९५ रुपैयाँ हिनामिना गरेका थिए । 

देवकोटा विरुद्ध भ्रष्टाचार एक लाख ९७ हजार ८९५ रुपैयाँ विगो मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गएिको आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  
 

प्रतिक्रिया दिनुहोस