शीर्षकहरू

फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो चार मुद्दाको पुनरावेदन

फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो चार मुद्दाको पुनरावेदन

काठमाडौं । विशेष अदालत काठमाडौंबाट फैसला भएका मुद्दाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असन्तुष्ट बनेको छ । अदालतबाट फैसला भएका चार वटा मुद्दाको फैसलामा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गराएको हो । 

विभिन्न मितिमा फैसला भएका घुस रिसवत, सार्वजनिक समपत्ति हानीनोक्सानी, रोजस्व चुहावट र गैरकानुनी लाभ तथा हानीनोक्सानी गरि चार वटा मुद्दाहरुमा पुनरावेदन गराएको आयोगले जनाएको छ । घस सहित पक्राउ परेका केदार शर्मा, सरकारी रकम हिनामिना गर्ने गोविन्दराज ओझा, राजस्व हिनामिना गर्ने डोमा शेर्पा र गलत लिखत तयार गरी भ्रष्टाचार गर्ने कृष्ण कुमार नेपालविरुद्धको मुद्दाको फैसलामा आयोगले चित्त नबुझाएको हो । 

पर्याप्त प्रमाण हुँदा हुदै विशेष अदालतले अभियोगीहरुलाई सफाइ दिएको अख्तियारको आरोप रहेको छ । अभियुक्तहरुसंग माग गरिएको बिगो समेत अदालतले घटाइदिएको अख्तियारको भनाई रहेको छ ।