शीर्षकहरू

पाँच महिनाको वैदेशिक व्यापारः आयात निर्यात दुबै घट्यो

पाँच महिनाको वैदेशिक व्यापारः आयात निर्यात दुबै घट्यो

काठमाडौं । काठमाडौं चालू आर्थिक वर्षको पाँच महिनामा आयात निर्यात दुबै घटेको छ । भन्सार विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । 

भन्सार विभागका अनुसार यस अवधिमा निर्यात ३४ दशमलव ६१ प्रतिशतले घटेको छ । पाँच महिनामा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा एक खर्ब २९ अर्ब २० करोड ७२ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।  

त्यस्तै, आयात पनि २० दशमलव ७१ प्रतिशतले घटेको छ । पाँच महिनामा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गएको वर्षको पहिलो सात महिनामा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।   

पाँच महिनामा नेपालको व्यापार घाटा १८.७७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो ।  तर, चालू आर्थिक बर्षका सात महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।