शीर्षकहरू

कालिका पावरको साधारण सभा आव्हान, कति प्रतिशत लाभांश बाड्छ ?

कालिका पावरको साधारण सभा आव्हान, कति प्रतिशत लाभांश बाड्छ ?

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८÷७९ को लागि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले वार्षिक साधारण सभाको सुचना जारी गर्दै यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने जानकारी दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ६९ करोड रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो । गत वर्ष पनि कम्पनीले यस वर्षकै अनुपातमा लाभांश वितरण गरेको थियो ।

लाभांश प्रस्ताव सहित् अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय भरपुर, चितवनमा विहान ११ बजे सभा आव्हान गरिएको हो । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

कालिका कन्स्ट्रक्सन प्रालि अन्तर्गतको गोरखा जिल्लास्थित दरौदी खोलामा प्रस्तावित ८ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो दरौदी बि. साना जलविद्युत आयोजना र ९ दशमलव ८२ मेगावाटको माथिल्लो दरौदी सि. साना जलविद्युत आयोजना खरीद गर्ने सम्बन्धकमा आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि सभामा छलफल हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।