शीर्षकहरू

हिमालयन पावर पार्टनरको साधारण सभा आव्हान

हिमालयन पावर पार्टनरको साधारण सभा आव्हान

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले अम्रपाली व्याक्वेट, भाटभटेनी, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय पनि टुङ्ग्याउनेछ । साथै कम्पनीले सामाजीक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग रकमलाई अनुमोदन गर्ने र चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने विषयमाथी पनि सभामा छलफल हुनेछ । 

यस वर्ष कम्पनीले कुनै पनि लाभांश वितरणको प्रस्ताव गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।